राइड सेयरिङ प्लेटफर्म पठाओको ज्याकेट लगाएर बाइक तथा ट्याक्सीमा सेवा दिन नपाइने भएको छ । सुरुमा पठाओलाई प्रतिबन्ध लगाउनेगरी प्रक्रियाअघि बढाएको ट्राफिक प्रहरीले दबाब खेप्न नसक्ने भएपछि तत्काललाई पठाओ अंकित ज्याकेट लगाएर यात्रु बोकेमा कारबाही गर्ने जानकारी दिएको छ।
ट्राफिक प्रहरीले पठाओलाई नै बन्द गर्न खोजेपछि पठाओ नेपाल प्रालिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि प्रयोग गर्दै आएको पठाओ अंकित कपडामा रोक लगाउने निर्णय गरेको छ।
कोरोनाको समयमा सरकारले जारी गरेको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै पीपीईको व्यवस्था गरेको थियो । सोमबार ट्याक्सीसँग झडप भएपछि र ट्राफिक प्रहरीले पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या निम्तेको भन्दै पठाओ सेवा बन्द गराउने तयारी गरेको थियो। तर, अन्तिममा पठाओले राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजरसहितको कपडा) तत्कालका लागि बन्द गर्ने निर्णय गरेपछि ट्राफिक प्रहरीले संयमता अपनाउने भएको छ। यद्यपि, राइडर सेयर गरेको थाहा पाएमा कारबाही गर्न सक्ने संकेत ट्राफिक प्रहरीले गरेको छ।
पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलपछि ज्याकेट लगाउनुपर्ने नियम स्थगित गरेको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए।
‘अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्काल पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकाले सम्पूर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न बस्न्यातले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
पठाओ कम्पनीको सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाही हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने पनि उनले स्पष्ट पारेका छन्। नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार राइड (ट्याक्सी) सेवा पनि सुरु गरेको हो ।राजधानीबाट































प्रतिक्रिया