काठमाडौंमा होली खेल्न प्रतिबन्ध, ललितपुरमा रात्रिकालीन व्यवसायमा रोक

काठमाडौंमा होली खेल्न प्रतिबन्ध, ललितपुरमा रात्रिकालीन व्यवसायमा रोक

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना त्रास बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो।

बुधवार बसेको सिसिएमसी बैठकले कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रहरूको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तहमार्फत अनुगमन गरी तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको छ।

बाहिर निस्कँदा सुरक्षा मापदण्ड अपनाउन सबैलाई अपील गर्ने निर्णय भएको, सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रजिअ पराजुलीले बताए।

यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

जिल्ला कोरोना भाइरस विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बुधवारको बैठकले राति ११ बजेपछि व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बैठकका निर्णयबारे जानकारी गराउँदै क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको बताए।अभियान दैनिकबाट

Skip This
Skip This
Logo