पूर्वयुवराज पारस चढेको हेलिकप्टर तनहुँमा आकस्मिक अवतरण

पूर्वयुवराज पारस चढेको हेलिकप्टर तनहुँमा आकस्मिक अवतरण

केन्द्रबिन्दु
0
Shares

पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ। 

काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए। “प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ जाँदैछ, विस्तृत विवरण केहीबेरमा आउनेछ”, उनले बुधबार साँझ भने।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo