यसवर्ष बिस्का जात्रा नरोक्न सुझाव

यसवर्ष बिस्का जात्रा नरोक्न सुझाव

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा यस वर्ष नरोक्न भक्तपुर नगरपालिकालाई सुझाव दिइएको छ। भक्तपुर नपाले कोरोना भाइरस संक्रमण फैलन नदिन जात्रा, भेलालगायत भीडभाड हुने गतिविधि नगर्न आह्वान गरेपछि उसलाई यस वर्ष बिस्का जात्रा नरोक्न सुझाव दिइएको हो।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले नै वैकल्पिक उपाय गरेर बिस्का जात्रा सम्पन्न गर्ने घोषणा गरिसकेकाले अहिलेको सामान्य अवस्थामा बिस्का जात्रा नरोक्न जोड गरिएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए।

भक्तपुर नपाले गत वर्ष जस्तै यस वर्ष पनि बिस्का जात्रा रोक्न सकिन्छ कि भन्नेबारे जात्रासँग सम्बन्धितहरुको बैठक राखेको थियो। भैरव नाइके, आकाशभैरव तथा भद्रकाली गुठीका गुठीयार, नौबाजा तथा दाफाभजन गुठी, भैरवनाथ जात्रा व्यवस्थापन समितिलगायतका सरोकारवालाहरु सहभागी उक्त बैठकमा बिस्का जात्रालाई रोक्ने भन्दा पनि के कसरी सुरक्षित र मर्यादित बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने आवाज उठेको प्रमुख कर्माचार्यले स्पष्ट पारे।

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, उपमेयर रजनी जोशी तथा बिस्का जात्रा सञ्चालन हुने वडा नं ४ र ५ का अध्यक्षद्वय कुमार चवाल र प्रेमगोपाल कर्माचार्य, गुठी कार्यालय प्रमुख कर्माचार्यलगायत उपस्थित भएको बैठकका सबैजसो सहभागीहरुले जात्राको परम्परा जोगाइराख्न भए पनि यस वर्ष जात्रा गर्नैपर्ने धारणा राखेका थिए।

‘बैठकका सबैजसो सहभागीले यस वर्ष बिस्का जात्रा गर्नैपर्ने धारणा राखेका थिए’, गुठी संस्थान भक्तपुर प्रमुख कर्माचार्यले भने, ‘जात्रा रोक्ने भन्दा के कसरी सुरक्षित र मर्यादित बनाउने हो त्यसतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा सबैको जोड दिएका थिए।’

उनका अनुसार सरोकारवालाहरुले कोरोना भाइरस संक्रमण तीव्र भए बैकल्पिक उपाय अपनाउन सकिने भएकाले अहिलेको सामान्य अवस्थामा जात्रा गर्ने नै भनेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले भैरवनाथको रथ निर्माण कार्यलाई तीव्रता दिनुपर्ने मागसमेत गरेका थिए।

भक्तपुर नपाका प्रमुख प्रजापतिले अहिले सरोकारवालाहरुको सुझाव लिन मात्रै बैठक बसेको जानकारी दिए। बैठकमा प्राप्त सुझावको आधारमा निर्णय गर्न फेरि बैठक बस्ने उनले सुनाए।अन्नपूर्णबाट

Skip This
Skip This
Logo