लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट, लुटेराले गाडी नै लगे

लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट, लुटेराले गाडी नै लगे

केन्द्रबिन्दु
0
Shares

सिरहाको लहान नगरपालिका ७ का महालक्ष्मी ज्वेलर्सका प्रोप्राइटर राजेश सारडाको घरमा गए राति लुटपाट भएको छ। सुनचाँदी व्यवसायी सारडाको घरबाट उनको बा १० च ९३०२ नम्बरको कार र सुनचाँदी लुटेरा समुहले लगेको जनाइएको छ।

यसअघि शनिबार राति लहान नगरपालिका २३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको हत्या र लुटपाट भएको थियो। त्यस घटनाको ३६ घण्टा पनि नबित्दै लहान–७ मा फेरि लुटपाट भएको हो।

'कार नै चोरेर लगेको जानकारी आएको छ,’ इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपनकुमार दाहालले भने, ’हामी खोजबिन र अनुसन्धानमा खटिएका छौँ।’

लहानमा पछिल्लो एक सातामा तीनवटा लुटपाट तथा डकैतीका घटना भएका छन्। बढ्दो लुटपाट तथा डकैतीका घटनाले यहाँका सर्वसाधारण त्रासमा छन्।अन्नपूर्णबाट

Skip This
Skip This
Logo