अस्पतालमा बेड नभएपछि कोरोना संक्रमितलाई भुइँमै राखेर उपचार गरिँदै

अस्पतालमा बेड नभएपछि कोरोना संक्रमितलाई भुइँमै राखेर उपचार गरिँदै

केन्द्रबिन्दु
0
Shares

दाङमा कोरोनाका विरामीहरुलाई उपचार गर्न अस्पतालमा बेड नभएपछि अस्पतालको कोलिया र भूइँमै राखेर उपचार गर्न थालिएको छ।

कोरोना संक्रमितका विरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी विरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा चिसो भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापनले जनाएको छ।

पहिलो चरणको कोभिडमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सञ्चालन छ। कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरिय कोरोना अस्पताल ‘बेलझुण्डी कोरोना विशेष अस्पताल ‘हाउस फूल’ भए पनि उपचारको अर्को व्यवस्था भने हुन सकेको छैन।

अस्पताल कोरोना संक्रमित विरामीले भरिँदा अस्पातलमा बेड अभाव भएको अस्पतालका व्यवस्थापक दोर्णबहादुर ओलीले जानकारी दिए। २५ बेडमा सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड सम्म पुर‍याएर सञ्चालन गरी विरामीको उपचार गरिरहेको भए पनि अस्पतालमा आउने विरामीको संस्था दिन प्रतिदिन बढ्दै गए पछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको ओलीले बताए।

'अस्पतालको ढोकामा आएर विरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु' उनले भने, 'प्रदेश स्तरीय अस्पताल भनेपछि अन्य जिल्लाहरुबाट पनि विरामी आएका छन्, हामीले कसरी मिलाएर उपचार गराउने हो समस्या भएको छ। अक्सिजन विना उपचार सम्भव छैन, भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भयो।'

विरामीहरुको यस्तो अवस्था भइरहँदा सरकारले यसमा चासो दिनुपर्ने ओली बताउँछन्। अहिले अस्पतालमा सल्यान, प्यूठान, रुकुम, दाङ लगायत जिल्लाका विरामी आउने गरेको र बेड छैन भन्दा गेटमै धर्ना दिएर आन्दोलन गरिरहेको उनले बताए।

व्यवस्थापक ओलीका अनुसार पहिलो चरणको कोभिडमा एक सय बेडमा सञ्चालन भएको कोरोना अस्पताल पछिल्लो समय २५ बेडमा सञ्चालन हुँदै आएको थियो। अहिले २५ बेडमा अस्पताल सञ्चालन भइरहेको छ। ओलीले भने, 'जनशक्तिका कारण २५ बेडमा सञ्चालन गरिएको अस्पतालमा ३८ बेड बनाएर विरामी राख्दा समेत बेडहरु भरिँदा थप विरामीको उपचार गर्न समस्या भएको छ। समुदाय स्तरमा अत्यधिक रुपमा संक्रमण बढेको छ।'अन्नपूर्णबाट

Logo