बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् ।
आगामी ६ जेठमा हुने उपनिर्वाचनमा बाग्मती प्रदेशसभाका १ सय १० मध्ये १ सय ९ सांसदले मतदान गर्नेछन् । एक सांसदको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो ।
त्यस्तै, स्थानीय तहका २ सय ३८ प्रमुख, उपप्रमुखसमेत गरी कुल ३ सय ४८ मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ।
निर्वाचन आयोगले उम्मेदवारलाई चिह्नसमेत प्रदान गरिरसकेको छ। आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बाग्मतीतर्फ उपनिर्वाचनका लागि तीन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकिएको प्रस्ट पारे । जसअनुसार सत्तारूढ नेकपा एमालेबाट उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सूर्य चिह्न पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चिह्न पाएका छन् ।
नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार कृष्णबहादुर तामाङले मादल चिह्न प्राप्त गरिसकेका छन्। आयोगले हेटौंडा भुटनीदेवी मावि मतदानस्थल तोकेको छ। प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपनिर्वाचनका लागि अधिकृत कार्यालय स्थापना भइसकेको छ।
कलम चिह्न पाएका देवकोटा संघीयता विज्ञ तथा एमालेनिकट बुद्धिजीवी मानिन्छन्। अर्का उम्मेदवार बादल भने केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन्। नेकपा एकता हुनुअघि उनी माओवादी केन्द्रबाट उम्मेदवार थिए। उनलाई एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेको थियो ।
बादलमाथि पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद गुमेको थियो। यसपछि उनको सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो।
राष्ट्रिय सभा सदस्यको बाग्मती प्रदेशतर्फको रिक्त एक पदका लागि गत २४ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गरिएको थियो । लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्यमा भने १७ जेठमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान हुनेगरी आयोगले मिति निर्धारण गरिसकेको छ।राजधानीबाट





























प्रतिक्रिया