तरकारीको मनपरी भाउ

तरकारीको मनपरी भाउ

केन्द्रबिन्दु
0
Shares

बजारमा प्रायः सबै खालका तरकारीको भाउ बढेको छ । अघिल्ला दुई साता प्रतिकिलो औसत मूल्य ३० देखि ३५ रुपियाँमा थोकमा किनबेच भएको आलु अहिले थोकमै ५० देखि ५५ रुपियाँ पुगेको छ । १५ दिन अगाडिसम्म प्रतिकेजी २०देखि २५ रुपियाँसम्ममा पाइने ठूूलो गोलभेँडा थोकमै ७० रुपियाँसम्म पुगेको छ । यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउ सिमी, तितेकरेला, लौका, परबर, लौका, घिरौँला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातको पनि यसैगरी भाउ बढेको छ । खुद्रामा त तरकारीको भाउ झन् छोइनसक्नु भएको छ ।

लगातारको वर्षाले सडक अवरुद्ध हुँदा किसानबाट खरिद गरेका तरकारी बाटोमै कुहिएका छन्, जसको असर बजारमा परेको व्यापारी बताउँछन् । तरकारीको  मागअनुसार  आपूर्ति  नहुँदा  मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक  छाक  टार्न  गाह्रो  हुन  थालेको  छ । तरकारीबाहेक  मरमसला, नुन  तेलसमेत  गर्दा  एक छाक  तरकारीको  १८०  रुपियाँ  परेको  अनुभव कीर्तिपुर  निवासी  रमिला  आचार्यको  छ ।  

पहिले दुई/तीन  थरी  तरकारी  र  अचार  हुने  रमिलाको भान्सामा अचेल एक थरी मात्रै तरकारी पाक्छ । कीर्तिपुर चोकमै तरकारी भाउ बुझिरहेका कमल सुवेदीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन  आउन  थालेको  अनुभव  सुनाए । 

 उनले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा  उमारेर खाने सोच बनाएको बताए । सुवेदीले तरकारीको  भाउ  छोइसक्नु छैन ।  निषेधाज्ञा खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ । 

Skip This
Skip This
Logo