पशुपतिकाे मन्दिरमा राखिएकाे सुनकाे जलहरी च्यातियाे, सुन खरिदमै अनियमितता भएकाे आशंका

पशुपतिकाे मन्दिरमा राखिएकाे सुनकाे जलहरी च्यातियाे, सुन खरिदमै अनियमितता भएकाे आशंका

केन्द्रबिन्दु
0
Shares

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी च्यातिएको विषयमा अनुसन्धान सुरू गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन खरिदमा समेत अनियमितता भएको आशंका गरेको छ।

कोषका पदाधिकारीको मिलेमतोमा सुन खरिदमा अनियमितता भएको भन्दै कोषका सदस्य सचिव डा. प्रदिप ढकाललाई छानबिनको दायरामा ल्याउन ल्याएको बताइएको छ।

सुन खरिद प्रक्रियामा सामेल रहेका सदस्यसचिव ढकालले ३५ लाखभन्दा बढी अनियमितता गरेको भन्ने छुट्टै उजुरीको समेत अख्तियारले छानबिन सुरू गरेको बताइएको छ।

कोषका एक कर्मचारीले नाम नबताउने सर्तमा भने सदस्य सचिव मात्र होइन अन्य पदाधिकारीले समेत सुन खरिद प्रक्रियामा अनियमितता गरेको पाइकाले उनीहरूविरुद्ध पनि अख्तियारमा उजुरी गर्ने तयारी गरेका छौं।

अख्तियारले सुन खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको छ भने जलहरी कसरी च्यातियो भन्ने विषयमा पनि छानबिन सुरू गरेको आयोगले जनाएको छ।

नेपाल सरकारले उपलब्ध गराएको ३० करोड र कोषले व्यवस्थापन गरेको ५० करोड रुपैंयाँबाट १ सय ८ किलो सुन खरिद गरिएको थियो। सुन खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै आयोगमा उजुरी परेपछि छानबिन प्रक्रिया अगाडि बढेको छ।

कोषका सदस्य सचिव ढकालले आफूले कुनै अनियमितता नगरेको जिकिर गर्दै आयोगले मागेको कागजात दिन कोष तयार रहेको बताए।

अहिलेको टिमले गरेको कामप्रति इष्या गर्नेहरूबाट आफूहरूलाई बदनाम गराउने कोसिस भएको उनले बताए। सुन खरिद प्रक्रियामा राष्ट्र बैंक नै सामेल भएकाले घोटाला हुने सम्भावना नै नरहेको सदस्य सचिव ढकालले दाबी गरे।नेपाल समाचारपत्रबाट

Logo