गण्डकी प्रदेशमा मार्सल लगाएर बजेट पारित

गण्डकी प्रदेशमा मार्सल लगाएर बजेट पारित


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको विरोध र सदन बहिस्कारका बीच गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए। 

वेल घेराउ गरेका प्रतिपक्षी सांसदलाई सभामुखले मार्सल लगाएका थिए। मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेटाघचेट भएको थियो। आफूहरुको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिस्कार गरेको थियो। 

प्रतिपक्ष बाहिरिएपछि सभामुखले सत्तापक्षका सांसदलाई बजेटमाथिको छलफलमा बोल्न दिई रीत पुर्‍याउँदै बजेट पारितको प्रस्ताव राख्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मौका दिएका थिए। 

अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पोखरेलले विनियोजन विधेयक लगायत विधेयक पारित गर्न राखेको प्रस्ताव सत्ता पक्षका बहुमत सांसदले पारित गरेका थिए। पोखरेलले १ असारमा ३० अर्बको बजेट ल्याएका थिए। 

प्रतिपक्षबिना संसद चलाइएको गण्डकीमा यो पहिलोपटक हो। संसदीय पद्दतिमा प्रतिपक्षबिना सदन चलाउने परम्परा छैन। माओवादी केन्द्रबाट निर्वाचित सभामुखले भने त्यसको ख्यालै नगरी सदन अगाडि बढाएर कांग्रेस र माओवादी लगायतको साझेदारी सत्ताका लागि उनले सजिलो बनाइदिएका हुन्।अन्नपूर्णबाट

Logo