उपत्यकामै व्यवस्थित हुन सकेनन् खोपकेन्द्र, घुसपैठले ठूलो समस्या

उपत्यकामै व्यवस्थित हुन सकेनन् खोपकेन्द्र, घुसपैठले ठूलो समस्या

केन्द्रबिन्दु
0
Shares

भक्तपुर दधिकोट बस्ने ५३ वर्षीया लक्ष्मी शर्मा पौडेल बिहानैदेखि खोप लगाउने आशमा लाइनमा बसिन्। उनले दिउँसोसम्ममा पनि खोप लगाउन पाइनन्। अन्त्यमा खोप नलगाई घर फर्किन्। गाम्चाचोकदेखि चित्रपुर र दधिकोटस्थित सूर्यविनायक नगर अस्पतालको बाहिरसम्म खोप लगाउनको भीड थियो।

खोप लगाउने भीडमा सरकारले तोकेका लक्षित समूहभन्दा युवायुवती र वयस्क धेरै थिए। उनीहरूमध्ये कतिपयले खोप लगाउन पाए। कतिपयले खोप नलगाई फर्किए। त्यही युवायुवतीको भीडमा रहेकी लक्ष्मीजस्ता अरू धेरै लक्षित समूहका व्यक्तिले खोप लगाउन पाएनन्।

यो भक्तपुरको एउटा खोप केन्द्रमा देखिएको दृश्य हो । यस्ता दृश्य धेरैजसो खोप केन्द्रमा देखिने गरेका छन्। भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार खोप केन्द्रमा भीड हुनुलाई सामान्य ठान्छन्। लक्षित समूहभन्दा पनि युवायुवती गएर खोप केन्द्रमा धाँधली गर्ने गरेको उनले बताए । 

स्वास्थ्य प्रमुख मिजार भन्छन्, “युवायुवती नै अघि सरेपछि सरकारले तोकेका लक्षित समूहले खोप लगाउन पाएनन्।” अहिले सरकारले ५० वर्षमाथिका व्यक्तिलाई खोप लगाइरहेको छ।
खोप केन्द्रमा भएको भीडले गर्दा खोप केन्द्रबाटै कोरोना सर्न सक्ने सम्भावना रहेको मिजारको भनाइ छ।

घुसपैठले ठूलो समस्या

खोप केन्द्रको समस्या भक्तपुरको मात्र होइन। काठमाडौँमा पनि उत्तिकै समस्या रहेको छ। स्वास्थ्य कार्यालय काठमाडाैंका प्रमुख बद्रीबहादुर खड्काले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र वीर अस्पतालमा लक्षित समूहभन्दा अरू उमेर समूहका व्यक्तिको घुसपैठ नियन्त्रण गर्न कठिन भएको जानकारी दिए। 

उनले अस्पतालमा कोभिडका बिरामीको चाप पनि बढ्न गएको हुँदा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम हाललाई स्थगन गरिएको जानकारी दिए। उनले लक्षित समूहभन्दा अन्य व्यक्तिको घुसपैठले खोप लगाउने काममा मुख्य बाधा पुर्याइरहेको उल्लेख गरे। यी दुई अस्पतालमा लक्षित समूहभन्दा धेरै मानिसको भीड रहेकाले खोप लगाउने कार्य स्थगित गर्नुपरेको उनको भनाइ छ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo