१४ वर्षमा साढे ९ हजार श्रमिक बाकसमा फर्किए

१४ वर्षमा साढे ९ हजार श्रमिक बाकसमा फर्किए

केन्द्रबिन्दु
0
Shares

वैदेशिक रोजगार फस्टाएको पछिल्लो १४ वर्षको अवधिमा कामका लागि विभिन्न मुलुक गएका करिब साढे नै हजार नेपालीको मृत्यु भएको छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक हजार दुई सय ४२ जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ ।

यो संख्यामा अघिल्लो वर्ष (२०७६/७७) मृत्यु भएका पनि केही जोडिएको हुन सक्छ, बोर्डका कर्मचारी आशिष भण्डारीले भने, कोरोना महामारीका कारण अघिल्लो कतिपय शव गत वर्ष घर पुर्याइएको हुनसक्छ ।

आर्थिक वर्ष २०७६/७७ मा ६ सय ७१ श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा सात सय ६३ श्रमिकको विदेशमा मृत्यु भएको बोर्डले जनाएको छ ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै मलेसियामा तीन हजार एक सय नेपालीको निधन भएको छ । साउदी अरेबियामा दुई हजार ५००, कतारमा एक हजार ८००, संयुक्त अरब इमिरेट्समा ९००, कुवेतमा ३५०, बहराइनमा १३१, दक्षिण कोरियामा १ ४२ र ओमानमा ६६ जना श्रमिकको मृत्यु भएकाे बोर्डको तथ्यांक छ । नागरिक दैनिकमासमाचार छ । 

Skip This
Skip This
Logo