अमेरिकामा मुद्रास्फीति ४० वर्षयताकै उच्चदरमा बढेको छ। सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नोभेम्बरमा मुद्रास्फीति ६ दशमलव ८ प्रतिशतले बढेको हाे। मुद्रास्फीतिमा भएको यो वृद्धि सन् १९८२ यताकै उच्च हो। यसले आर्थिक पुनः बहालीमा दबाब सृजना गरेको छ।
समीक्षा अवधिमा विविध खालका वस्तु र सेवा मापन गर्ने उपभोक्ता मूल्य सूचक गत वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ८ प्रतिशतले बढेको छ।
अघिल्लो महिनाको तुलनामा भने वृद्धि शून्य दशमलव ८ प्रतिशत भएको बताइएको छ। खानेकुरा र ऊर्जाको मूल्य बाहेकको कोर सीपीआई भने मासिक शून्य दशमलव ५ प्रतिशत र वार्षिक ४ दशमलव ९ प्रतिशतले बढेको पाइएकाे छ।
यो पनि सन् १९९१ यताकै उच्च हो । समीक्षा अवधिमा सीपीआई वार्षिक ६ दशमलव ७ प्रतिशत र कोर सीपीआई ४ दशमलव ९ प्रतिशतले बढ्ने दाउ जोन्सको प्रक्षेपण थियो। सन् २०२० को नोेभेम्बरयता इन्धनको मूल्य ३३ दशमलव ३ प्रतिशतले बढिसकेको छ।
नोभेम्बरमा मात्रै यसमा साढे ३ प्रतिशतको वृद्धि देखिएको छ। नोभेम्बरमा मात्रै पेट्रोलको भाउ ५८ दशमलव १ प्रतिशतले बढेको छ। खानेकुराको भाउ एक वर्ष अघिको तुलनामा ६ दशमलव १ प्रतिशतले बढेको छ। सेकेन्ड ह्यान्ड कार र ट्रकको मूल्यमा पनि गत महिना ३१ दशमलव ४ प्रतिशतको वृद्धि भएको छ।अभियान दैनिकबाट





























प्रतिक्रिया