काठमाडौं महानगरद्वारा २० तलासम्म लागेको आगो निभाउने दमकल खरिद

काठमाडौं महानगरद्वारा २० तलासम्म लागेको आगो निभाउने दमकल खरिद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीन वटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ। नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ।

महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीन वटा वारुणयन्त्र खरिद गरेको हो। वारुणयन्त्रभित्र पानी र फर्मको फरक-फरक भण्डारण गर्ने क्षमता छ।

जर्मन प्रविधिमा आधारित इन्डोनेसियामा बनेको जिङ्गर कम्पनीको वारुणयन्त्रमा तीन हजार लिटर क्षमताको पानी र एक हजार पाँच सय लिटर क्षमताको फर्म भण्डारण गर्न सकिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। ढुवानीबाहेक दुई लाख अमेरिकी डलरमा खरिद गरिएको वारुणयन्त्रले कम्तीमा ६० मिटरमाथिसम्म लागेको आगो निभाउन सक्नेछ। ‘वारुणयन्त्रले कम्तीमा २० तल्लासम्म लागेको आगो निभाउन सक्छ’, प्रवक्ता डङ्गोलले भने।

यसअघि काठमाडौँ उपत्यकामा रहेका वारुणयन्त्रले आठ तलासम्म लागेको आगो मात्रै निभाउन सक्ने क्षमता थियो। हाल काठमाडौँ महानगरपालिका अन्तर्गत चारवटा वारुणयन्त्र रहेका छन्। नयाँ वारुणयन्त्र काठमाडौँ उपत्यकामा रहेका साँघुरा सडकमा समेत जान सक्ने मोडलका रहेको दाबी गरिएको छ। गोरखापत्र दैनिकबाट

Skip This
Skip This
Logo