आँबुखैरेनी सडक एकतर्फी खुल्यो

आँबुखैरेनी सडक एकतर्फी खुल्यो


आँबुखैरेनी सडक एकतर्फी खुलेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याममा सडक भासिएपछि अवरुद्ध सडक एकतर्फी खुलेको हो ।   सडक भासिएपछि शुक्रबार बिहानैबाट अवरुद्ध सडक दिउँसोबाट एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

सडकको भित्तातर्फ जेसिबीले काटेर फालेपछि साना सवारी पास भएपनि ठूला सवारी साधनलाई भने प्रवेशमा लगाइएको प्रहरीको भनाइ छ । सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार,  ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घटनामा दुई पुरुषको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Logo