आफूहरूको समस्या समाधानको माग राख्दै आन्दोलनमा उत्रिएका मिटर ब्याज पीडितहरू काठमाडौँको टंगालमा धर्ना सकेर भद्रकालीतिर लागेका छन् ।
बर्दिबासबाट पैदल यात्रा गर्दै काठमाडौँ आएका उनीहरूलाई प्रहरी र महानगरीय प्रहरीले खुल्लामञ्च प्रवेश गर्न रोकेका थिए ।
त्यसपछि सडकमै रात बिताएका उनीहरूले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन भनेर अघि बढेका थिए । तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेको थियो । त्यसपछि टंगालमै धर्ना बसेका थिए । अब उनीहरूले भद्रकालीमा धर्ना दिने बताएका छन्।





























प्रतिक्रिया