इजरायली राजदूतावासले मनायो ७५औँ स्वतन्त्रता दिवस

इजरायली राजदूतावासले मनायो ७५औँ स्वतन्त्रता दिवस

केन्द्रबिन्दु
0
Shares

नेपालमा पनि इजरायल स्वतन्त्रताको ७५औँ दिवस विशेष कार्यक्रम गरी मनाइएको छ। नेपालस्थित इजरायली राजदूतावासले बिहीबार एक विशेष कार्यक्रम गरी ७५औँ स्वतन्त्रता दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादव र विशेष अतिथि परराष्ट्रमन्त्री एनपी साउद सहभागी थिए । कार्यक्रममा राजनीतिक दलका नेता तथा सांसद, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधि, परराष्ट्र मामिला विषयका जानकार, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, सञ्चारकर्मीलगायत सहभागी थिए ।

कार्यक्रममा इजरायली राजदूत हनान गोदेरले अतिथिलाई स्वागत गर्दै नेपाल–इजरायल सम्बन्धका विविध विषयका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भिडियो सन्देश देखाएको थियो ।

Logo