जजिराले फेरि रोक्यो कुवेत-भैरहवा उडान

जजिराले फेरि रोक्यो कुवेत-भैरहवा उडान

केन्द्रबिन्दु
0
Shares

जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको उडान रोकेको छ। जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत साताको तीन दिन उडान गर्दै आएको थियो। 

जजिराले भैरहवा–कुवेत उडान करिब तीन सातादेखि रोकेको विमानस्थल कार्यालयले बताएको छ। कार्यालयका प्रवक्ता दिपक बज्रचार्यकाअनुसार एयरवेजले आन्तरिक कारण देखाउँदै उडान रोकिएको बताएको छ। 

तर, यसअघि व्यापारिक कारण उडान बन्द गरेको जजिराले उल्लेख गरेको थियो। जजिराले जारी गरेको अर्काे सूचनामा उडानको बारेमा जानकारी दिने जनाए पनि अहिलेसम्म कुनै पनि सूचना नपठाएको जनाइएकाे छ । 

Skip This
Skip This
Logo