अमेरिकाका प्रख्यात माउन्टेन गाइडले १३औं पटक सगरमाथाको आरोहण गरेका छन् । हिमालयन गाइड्सका प्रबन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार म्याडिसन पर्वतारोहणका ग्यारेट म्याडिसनले बुधबार बिहान १० बजेर ४० मिनेटमा विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका हुन् । सन् १९९९ मा माउन्ट रेनियरबाट व्यावसायिक रूपमा माउन्टेन गाइडको काम थालेका अमेरिकाका प्रख्यात माउन्टेन गाइड म्याडिसनले यो सफलता हात पारेका हुन् ।
ग्यारेटसँगै क्यानेडियन रिचर्ड माइकल इर्विन, यूएईका दानह अहमद अब्दुल्ला अलाली, चेक रिपब्लिकका इभा पेर्गलेरोभा, दावा सांगे शेर्पा, आङ फुर्वा शेर्पा (१२ पटक आरोहण), दोर्ची शेर्पा, धना तामाङ र पेम्बा शेर्पाले पनि सगरमाथामा चुचुरोमा पाइला राखेका छन् ।
म्याडिसन पर्वतारोहणबाट युकेका स्कट डोनाल्ड वेबस्टर, युकेका पिटर टजर्क हर्सम्यान, नेदरल्याण्ड्सका छिरिङ भोटे र दावा तेन्जी शेर्पाले पनि बुधबार बिहान १० बजेर १० मिनेटमा सगरमाथा आरोहण गरेका थिए ।
ग्यारेटको नेतृत्वमा, सर्ज लारोचे क्यानडा, स्टिभन बेन्जामिन होर्निक जर्मनी, इर्विन थिओडोर बर्नार्डस भिसर नेदरल्याण्ड, डेबी जोन बुल्टेन क्यानडा, टेरे एलिङ्टन सिल्भेस्टर संयुक्त राज्य अमेरिका, क्लाउडियो जेभियर बेइजा अर्जेन्टिना, लाक्पा शेर्पा, तेन्जी शेर्पा र मिङ्मा शेर्पाले बुधबार दिउँसो १२ बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको पौडेलले जानकारी दिए ।
सगरमाथा आरोहणअन्तर्गत एडभेन्चर कन्सल्टेन्ट ल्होत्से जर्मनीकी अन्ना क्याथरिना ओटसँगै पेम्बा छेवाङ शेर्पा ल्होत्सेको चुचुरोमा सफलतापूर्वक पाइला टेक्न सफल भए । पौडेलका अनुसार आन्नाले मे २३ गते बिहान ७ः२६ मा सगरमाथा आरोहण गरेसँगै ल्होत्से शिखरका लागि प्रस्थान गरेकी थिइन । उनी २५ घण्टाभित्र दुबै चुचुरोमा सफलतापूर्वक आरोहण गर्न सफल भइन ।
मे २३ मा हिमालयन गाईड्सद्वारा प्रबन्धित एसी टोलीले पनि सगरमाथाको चुचुरोमा पुग्न सफल भयो । पौडेलका अनुसार अष्ट्रेलियन नागरिक रेबेका जेन सिउ लिंग हेहसँगै पासाङ भोटे र दा छिरी शेर्पाले बिहान ११ः३२ बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका थिए ।
पौडेलका अनुसार एसी टोलीबाट नेपाली आरोही आङ दोर्जी (छुल्दिम) शेर्पाले २२ औं पटक सगरमाथा आरोहण गरे भने एन्ना क्याथरिना ओट(जर्मनी), लिसा डेनिस जेली (युके), क्रिस्टोफर डेभिड सालोमन (अमेरिका) र पासाङ रिन्जी शेर्पाले जेठ २३ गते बिहान ७ः३० बजे सगरमाथाको चुचुरो पाइता टेक्न सफल भएका थिए ।





























प्रतिक्रिया