इन्द्रमायाको ‘शताव्दी यात्रा’ सार्वजनिक

इन्द्रमायाको ‘शताव्दी यात्रा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

इन्द्रमाया पौड्यालद्वारा लिखित पुस्तक ‘शताव्दी यात्रा’ सार्वजनिक भएको छ । 

बुधबार काठमाडौंमा सार्वजनिक गरिएको उक्त पुस्तकमा इन्द्रमायाले आफ्नो जिवनकालको एक शताव्दी यात्राको अनुभवलाई पुस्तक मार्फत उतारेकी छन् । १ सय ७६ पृष्ठ लामो उक्त पुस्तकमा इन्द्रमायाले आफ्नो बाल्यअवस्था र विवाह, जीवन संघर्ष,यात्रा तीर्थयात्रा,संस्कार र संस्कृतिका कुरा लगायतका विविध विषयलाई समेटेर एक सय वर्षमा भोगेको आफ्नो जीवन यात्रा समेटिएको छ । 

संविधान सभा सदस्य विन्दा पाण्डेले शताब्दी यात्रा आँट र साहास थप्ने दृष्टिकोण युक्त कृति भएको बताइन् । उनले अलौकिक स्मरण भएको लेखिकाको रुपमा उनलाई लिदै दुःखले सिकाएको शिलामा कुँदिएको अक्षरजस्तै दीर्घकालीन हुने बताइन् । 

त्यस्तै, पत्रकार युवराज घिमीरेले संघर्ष र प्रेरणामय जीवन यात्राको रुपमा पुस्तकप्रति आफ्नो दृष्टिकोण राखेका छन् । उनले पुस्तक एक व्यक्ति,नारी र विदुषीको भएको र त्यो भन्दा बढी एक आमाको भएको समीक्षा गरेका छन् । 

उक्त कृति सम्पादन गरेकी शुभेक्षा विन्दु तुलाधरले इन्द्रमायालाई अत्यन्तै तृष्ण स्मरण क्षमता भएकी दृढ संकल्प भएको आत्मविश्वासी महिलाको रुपमा लिएको बताएकी छन् । 

उनले भनिन्, ‘उहाँ एकदमै विद्वान र तृष्ण स्मरण क्षमता भएकि माता हुनुहुन्छ । अर्को कुरा उहाँ दृढ संकल्प धैर्य गर्न सक्ने र आत्मविस्वासले भरिएको एउटा महिला हो । जीवनमा थुपै्र पटक उहाँले शुन्यमा झर्नु भएको छ । कसरी भन्नुहुन्छ भने उहाँले बर्माको दोस्रो विश्व युद्धमा  आफूसंग भएका थुप्रै सम्पतिहरु गुमाउनु भयो, आफ्नो सन्तान गुमाउनु प-यो । शुन्यमा पुग्दा खान बस्नेको ठेगान भएन त्यसको बाबजुद पनि धैर्यताको साथ उहाँले आफ्नो बालबालिकालाई एकीकृत गरेर जसरी आफ्नो आँचलमा बेरेर राख्नुभायो त्यो अवस्थको अहिले वर्णन गर्नै सकिँदैन ।’ 

Logo