ललिपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले यही वर्ष ललितपुरको प्रत्येक वडामा २९ वटा स्मार्ट शौचालय निमार्ण गर्ने बताएका छन् ।
बुधवार ललितपुर महानगरपालिकाले तयार पारेको सभ्य नागरिक नामक बृतचित्र विमोचन कार्यक्रममा मेयर महर्जनले एक किलो मिटरमा एउटा ट्वाईलेट भन्ने अन्तर्राष्ट्रिय मापदण्डको आधारमा उक्त स्मार्ट ट्वाईलेट निमार्ण गर्न लागेको बताएका हुन् ।
उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डको आधारमा यहि वर्षमा हामीले प्रत्येक वडामा २९ वटास्मार्ट ट्वाईलेट निमार्ण गर्ने भन्यौं तर कतिपय अध्यक्षज्युहरुले खासै चासो देखाउनु भएन तसर्थ अहिलेको निमित्त ९ वटामा हामीले टेन्डर गरिसक्यौं ।’
मेयर महर्जनले पालिकालाई स्मार्ट सिटी बनाउनको लागि अरु मुलुकको राम्रा राम्रा कुराहरुलाई ल्याएर लागू गर्ने पनि बताए ।































प्रतिक्रिया