खाणको पक्षमा दुई पूर्वमहान्यायाधिवक्ता र बारका तीन पूर्वअध्यक्षले बहस गर्ने

खाणको पक्षमा दुई पूर्वमहान्यायाधिवक्ता र बारका तीन पूर्वअध्यक्षले बहस गर्ने

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरू इच्छुक देखिएका छन्।

काठमाडौँ जिल्ला अदालतमा आज सुरु हुने थुनछेक बहसमा खाणको पक्षमा बहस गर्न दुई पूर्वमहान्यायधिवक्ता र नेपाल बार एशोसियनका अध्यक्षलगायत तीन जनाले बहस गर्ने भएका हुन्।

पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव र बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्धय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका वरिष्ठ अधिवक्ताले बहस गर्नका लागि नाम टिपाएका छन्।

सरकारका पक्षबाट भने सरकारी वकिल कार्यालयका अधिवक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन्।

Logo