पर्साको सिर्सिया नदीमा भएको प्रदुषण रोक्न काठमाडौँमा विरोध भएको छ। चुरे तथा बन जंगल संरक्षण आभियानले काठमाडौँस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।
विरोध कार्यक्रममा सिर्सिया नदीको पानी भरिएको बोतल प्रदर्शन गरिएको छ। चुरे तथा बन जंगल संरक्षण आभियानका सदस्य विन्देश्वर पासवानले कलकारखानाबाट निश्किएको फोहर सिँधै मिसाइँदै नदीमा प्रदुषण बढेको बताए।
उनले भने,‘विभिन्न कलकारखानाले सिर्सिया नदिलाई प्रदुषण तुल्याएको छ। जसकारण सिंगो गाउँ नै दुर्गन्धित भएको छ। पहिले त्यही पानीले खाना पकाएर खाने गर्थ्याै। दुर्गन्ध फैलिएको छ। पानीलाई विषमा परिवर्तन भएको छ। ’
माग सम्बोधन नहुँदासम्म विरोध जारी रहेने उनले बताए। भूमीहिनका मागलाई सरकारले वेवास्ता गरेको समेत उनले विरोध कार्यक्रमका क्रममा बताए।





























प्रतिक्रिया