मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

केन्द्रबिन्दु
0
Shares

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। । 

उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो। उनि नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत रहेका थिए। डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो। 

Skip This
Skip This
Logo