जिल्ला कारागार चितवनमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो।
कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो। बसाईं साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायतका समस्या देखिएको उनले बताए।
विगत १५ दिनदेखि यो समस्या बढ्दै गएको उनले जानकारी दिए। उनले भने,’यो समस्या अझै फैल्नसक्ने देखिन्छ।’गर्मी बढेसँगै छाला र झाडापखालाको समस्यासमेत देखिएको उनले बताए।
अहिले २५ जनामा झाडापखालाको समस्या देखिएको उनले जानकारी दिए। यसलाई रोकथामका लागि कारागार प्रशासनले आन्तरिक व्यवस्थापनको काम गरिरहेको उनले भनाइ छ।
कारागारमा सात सय ४० कैदीबन्दी रहेका छन्। दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना कैदीबन्दी छन्। तीसँगै आश्रित बालबालिका चार जना रहेको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताए।





























प्रतिक्रिया