प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीमा अध्ययन सुरु

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीमा अध्ययन सुरु

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित प्रधानन्यायधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीमाथि छलफल सुरु भएको छ। कार्कीविरुद्ध परेको उजुरीमाथि संसदीय सुनुवाइ समितिको बैठकमा छलफल भइरहेको छ।

सिंहदरबारमा समितिको बैठक बसिरहेको हो। कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्। कार्कीविरुद्ध बहालवाला न्यायधीशले नै उजुरी दिएका थिए।

अर्घाखाँचीमा कार्यरत न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले उजुरी दिएका हुन्। कार्कीमाथि अधिवक्ता उत्तमबहादुर श्रेष्ठ, युवराज कोइराला, ओमप्रसाद रेग्मी, सुभाष ढकाल, गोकर्ण आचार्यले पनि उजुरी दिएका छन्। यस्तै, अमृत खरेल, ध्रुवलाल श्रेष्ठले पनि उजुरी दिएको सुनुवाइ समितिले जनाएको छ। 

समितिले यही जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्नेछ। जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरिएको छ ।आउँदो असार १ गते अन्तिम सुनुवाइ गर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरिने छ ।

Logo