बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

केन्द्रबिन्दु
0
Shares

तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । 

म‌ंगलवार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिए । घटनामा प्रहरीले १ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

उनले भने, ‘लगभग सनाखत भएको छ, १ जनामाथि अनुसन्धान गरिरहेका छौं । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौं ।’

Logo