जिपबाट खसेर ७० वर्षीय वृद्धको मृत्यु

जिपबाट खसेर ७० वर्षीय वृद्धको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धादिङमा बोलेरो गाडीबाट खसेर गाडीमा सवार एक जनाकाे मृत्यु भएकाे छ। 

बेनिघाट रोराङ गाउँपालिका २ राहुल डाँडास्थित ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग.१ ज ७८६७ नम्बरको बोलेरो गाडीबाट खसेर गजुरी गाउँपालिका २ छेबाङ बस्ने ७० वर्षीय मान बहादुर दमाईको मृत्यु भएको हाे। 

गाडीबाट खसेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखु हुँदै स्टार अस्पताल सानेपा ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालक भने फरार रहेका छन्। प्रहरीले खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Skip This
Skip This
Logo