शरणार्थी प्रकरणः प्रतिवादीको तर्फबाट बहस सकियो, जवाफी बहस शुक्रबार

शरणार्थी प्रकरणः प्रतिवादीको तर्फबाट बहस सकियो, जवाफी बहस शुक्रबार

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट बहस भएको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको हो । योसँग अब जवाफी बहस हुनेछ । 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले जवाफी बहस गर्नेछन् । जवाफी बहस शुक्रबार हुनेछ । जवाफी बहस शुक्रबार दिउँसो २ बजेभित्र सक्न न्यायाधीश न्यौपानेले इजलासबाटै भनेका छन् । 

हालसम्म घटनामा संलग्न पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएकाे छ । मुद्दामा २७ करोड ४२ लाख ५७ हजार रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ । 

Logo