प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरिएको छ। संसदीय सुनुवाइ समितिको सर्वसम्मतबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरिएको समितिका सदस्य महेश बर्तौलाले जानकारी दिए।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सवालजवाफपछि कार्कीको नाम अनुमोदन गरिएको हो । योसँगै उनी अब प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्। सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

Logo