निशान्त शर्मा बने न्यू साउथ वेल्सको सर्वोच्च अदालतको अधिवक्ता

निशान्त शर्मा बने न्यू साउथ वेल्सको सर्वोच्च अदालतको अधिवक्ता

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियामा रहेका प्रसिद्ध माइग्रेसन  एजेन्ट निशान्त शर्मा अष्ट्रेलियाको न्यू साउथ वेल्सको सर्वोच्च अदालतमा अधिवक्ता बनेका छन् । 

प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसका सिईओसमेत रहेका शर्मा विगत ६ वर्षदेखिको निरन्तर संकल्पका कारण आज यो सफलता पाउन सफल भएका हुन् । निशान्त नेपालका वरिष्ठ कलाकार लव शर्माका छोरा हुन् । 

उनी यसअघि नै अष्ट्रेलियामा पटक–पटक सर्वोत्कृष्ट आप्रावासी एजेन्टको उपाधिबाट सम्मानित भैसकेका छन् । आफ्नो पेशा र व्यवसायमा उत्कृष्टता प्रदान गरेकै कारण उनी हजारौंको मन जित्न सफल भएका हुन् ।

आजबाट भने आफूले कानूनी क्षेत्रमा छुट्टै स्थान बनाउनेगरि पाईला चालेको उनको भनाइ छ । शर्माको यो उपलब्धि उनको व्यक्तिगत सफलतामात्रै नभएर अष्ट्रेलियामा रहेका नेपाली समूदायको लागि पनि ठूलो खुशीको विषय हो ।

शर्माको यो सफलताको खुशी साट्नको लागि उनका अभिभावक र प्रेरणाका स्रोत चर्चित अधिवक्ता डा. शमशेर थापा आँफै शर्मासँगै अदालत पुगेका थिए । शर्माले आफू आजको यो स्थानमा आईपुग्नको लागि डा. थापाकै मार्गनिर्देशन कोशेढुंगा सावित भएको बताउँदै आएका छन् ।

Logo