बैंकर डा. मल्लकाे पुस्तक ‘सफलता सम्भव छ’ विमोचन

बैंकर डा. मल्लकाे पुस्तक ‘सफलता सम्भव छ’ विमोचन

केन्द्रबिन्दु
0
Shares

बैंकर डा. बुद्धि मल्लद्वारा लिखित पुस्तक ‘सफलता सम्भव छ’ विमोचन गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष समारोहबीच नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी तथा नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले उक्त पुस्तक विमोचन गरेका हुन् । 

कार्यक्रममा नबिल बैंकका अध्यक्ष पौड्यालले पुस्तक अध्ययन गरिसकेपछि मानिसलाई जीवनमा केही सफल काम गर्नका लागि प्रेरणा जनाउने भएकाले सबैलाई अध्ययन गर्न आग्रह गरे । 

त्यस्तै, एनएमबि बैंकका सिइओ केसीले भने, “पुस्तकले सकारात्मक ऊर्जा जगाउने काम गरेको छ ।”

साे अवसरमा लेखक डा मल्लले पुस्तकले आफूलाई कमजोर ठान्नेहरूमा आत्मविश्वास जगाउने र आफूमा रहेका सम्भावनालाई पहिचान गर्दै गम्भीरतापूर्वक अगाडि बढ्न प्रेरणा दिएको जानकारी दिए । पुस्तक जीवनमा सफलताका निचोड तथा सुझावबाट समाजमा व्याप्त नकारात्मकता हटाउन सफल हुने उनको विश्वास छ । 

पुस्तक ४१ वटा शीर्षकमा लेखिएको छ । शिखा बुक्स बागबजारले प्रकाशन गरेको यस १८८ पृष्ठ लामो पुस्तकको बजार मूल्य ४५० रुपैयाँ तोकिएको छ । मल्ल एनएमबी बैंकको चिफ अफिसर हुन् । उनले बैंकिङ, आर्थिक तथा समसायिक विषयमा विभिन्न लेखहरु प्रकाशन गर्दै आइरहेका छन् । 

Logo