बाढीले भत्काएको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलिब्रिज निर्माण सुरु

बाढीले भत्काएको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलिब्रिज निर्माण सुरु

केन्द्रबिन्दु
0
Shares

गत असार ३ गतेको अविरल बर्षापछि आएको बाढीले क्षति पु-याएका भौतिक संरचनाको पुर्ननिर्माण शुरु भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुर्ननिर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए । 

गत असार ३ गतेको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुर्ननिर्माण थालिएको छ । मन्त्री प्रकाश ज्वालाले हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायत मातहतका निकायलाई निर्देशन दिएका थिए ।  

सोमबार प्रधानमन्त्रीसहित मन्त्री ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए । प्रभावित क्षेत्रमै पुगेर मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुर्ननिर्माण थाल्न निर्देशन दिएका थिए । 

सोमबारदेखि नै काम शुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले बताए । ‘बेलिब्रिज निर्माणका सामग्रीहरु निर्माण स्थलमा पुगिसकेका छन् ‘पोखरेलले भने, ‘केही दिनभित्रमा बेलिब्रिजको काम सकेर यातायात सञ्चालनमा ल्याउने छौं ।’

Logo