आकाशमा बादल देख्दा निन्द्रा लाग्दैन मुगुका बाढी पीडितलाई

आकाशमा बादल देख्दा निन्द्रा लाग्दैन मुगुका बाढी पीडितलाई

केन्द्रबिन्दु
0
Shares

हिमाली जिल्ला मुगुमा गर्त वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अबिरल बर्षाले जनधनको ठूलो क्षति गरेपछि मुगुवासी अझै पनि त्रसित बन्ने गरेका छन् । अविरल बर्षा पछिको बाढीले घरबार,अन्नबालीलगायत मानवीय क्षति भएपछि पीडित मुगुवासी बर्खा लागेपछि आकाशमा कालो बादल बटारिएको देखेपछि त्रसित बन्ने गरेका छन् । 

पीडितका लागि सरकारले अहिलेसम्म पुनर्वासको ब्यवस्था नगर्दा अहिले कोही खुल्ला चौरमा छन् भर्ने कोही आफन्तका घरमा आश्रय लिएका छन् । कोही भने त्यही बाढीले चर्काएको घरमा बस्दै आएका छन् ।

गर्त वर्ष असोजमा आएको बाढी पहिरोले मुगु जिल्लामा ठूलो धनजनको क्षति गराएको थियो । बाढीले मालसामान,अन्नबालि ,खेतमा पाकेर घर भित्र्याउन लागेको अन्नलगायत ८ जना स्थानीयको ज्यान लिएको थियो, जसमा ५ जना घाईते भएका थिए । 

बाढी पहिरोले पूर्ण रुपमा २ सय ३६ जनाको घरमा क्षति पुर्याएको थियो भने १ सय ८८ घरमा आंशिक क्षति र ३ सय ९९ घरमा सामान्य क्षति पुर्याएको थियो । बाढी पहिरोले २७ वटा गोठमा क्षति पुर्याएको थियो ।

छाँयानाथ रारा नगर पालिका वडा नम्बर ६का बाढी पीडित धनबहादुर बुढाले भने, ‘ हिजो आज आकाशमा बादल लागे राति निन्द्रा लाग्दैन बाढी पहिरो आएको समयमा स्थानीय तह विभिन्न संघ सस्थाले केही राहत दिएपनि पछिल्लो समयमा घर निमार्ण पूर्नवासको लागि लागत लिएपनि कुनै निकायबाट घर निमार्णको लागि पहल नहुँदा निकै समस्या भएको छ । हिजो आज पालमुनी बस्दै आएका छौं, ठूलो परिवार छौं रात दिन काट्न निकै समस्या भएको छ ।’ 

बाढी पीडितहरुलाई स्थानीय तह र संघ संस्थाले केही राहत वितरण गरेका थिए। वस्ती पुर्ननिर्माणका लागि भने हालसम्म देखिने गरी कुनै कार्य भएको छैन । यसमा स्थानीयतहको कार्यशैली दोषी रहेको पीडितको गुनासो छ । 

Logo