उपप्राध्यापक चलाउनेले तोडे अनसन

उपप्राध्यापक चलाउनेले तोडे अनसन

केन्द्रबिन्दु
0
Shares

उपप्राध्यापक प्रेम चलाउनेले आजदेखि अनसन तोडेका छन्। 

बिहीबार सर्वोच्च अदालतले आफूमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उपप्राध्यापक चलाउनेले आजदेखि अनसन तोडेका हुन् । चितवनकी होम कुमारी बरालले चलाउनेलाई दही खुवाएर अनशन तोडाएकी हुन् । 

०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमा उपप्राध्यापक चलाउनेमाथि मरणासन्न हुनेगरी कुटपिट भएको थियो। घटनाको अनुसन्धानपछि प्रहरीले नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संगठनका नेताहरुलाई ज्यान मार्ने कसूरमा सजाय हुनुपर्ने दाबीसहितको मुद्दा अदालतमा दायर गरेपनि सरकारले हालै सो मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । 

त्यसपछि उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए ।

Logo