मेयर बालेनविरुद्धकाे मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा

मेयर बालेनविरुद्धकाे मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ । 

गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध दिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि आइतबार न्यायाधीश ढुंगनाकै इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेपछि पुनः आज तोकिएको हो । 

भारतीय फिल्मसम्बन्धी उच्च अदालत पाटनको आदेशलाई लिएर दिएको मेयर बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाले रिट निवेदनमा दाबी गरेकी छन् । 

Logo