प्रधानन्यायाधीशविरुद्ध उजुरी हालेका न्यायाधीश भट्टराईले दिए राजीनामा

प्रधानन्यायाधीशविरुद्ध उजुरी हालेका न्यायाधीश भट्टराईले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले सोमबार पदबाट राजीनामा दिएका छन्। आफैँले कानूनी र नैतिक रूपमा प्रश्न उठाएका व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले राजीनामा दिएका हुन् ।

उनले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्‌मा नियुक्ति हुने गरेको आरोप लगाएका छन्।राजनीतिक मानिस पदमा आएर राजनीतिक आस्थाका लागि काम गर्ने स्थिति देखिएको भन्दै उनले आपत्ति जनाए।

‘न्यायाधीश नियुक्तिको प्रक्रिया र बाहिरबाट नियुक्तिहरु, अत्यन्तै धेरै राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्का आफन्तहरु बाहिरबाट नियुक्ति गर्ने काम हुन्छ। तर हामी जुन करियरबाट आएका छौं, उहाँहरु सबैको भविष्य अन्धकार भयो।’ न्यायाधीश भट्टराईले भने, ‘राजनीतिक मानिसहरु अपारदर्शी ढंगबाट भर्ती गरिदिएपछि सबै न्यायाधीशको भविष्य डामाडोल भयो। र राजनीतिक मानिसहरु पदमा आएर राजनीतिक आस्थाको लागि काम गर्ने काम भयो। त्यो रहँदा अहिले जो सम्माननीय प्रधानन्यायाधीश हुनुहुन्छ, उहाँ प्रधानन्यायाधीश हुनुभन्दा अघि नै संसदीय सुनुवाइ समितिमा उजुरी गरेको थिएँ। संसदीय सुनुवाइ समितिले विवेक प्रयोग गर्ला भनेको समिति नै अवैध थियो। प्रधानन्यायाधीशको नियुक्ति पनि अवैध रुह्यो। यो विषय आफूले अयोग्य भनेको मानिस नै प्रधानन्यायाधीश भइसकेपछि उहाँको मातहतमा बसेर मलाई काम गर्न असहज भयो।’

Logo