चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन्।
विश्व विख्यात ‘अलिबाबा ग्रुप’का संस्थापकसमेत रहेका ज्याक हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरेर मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको टोली नक्सालस्थित मेरियट होटलमा पुगेका छन्।
विमानस्थलबाटै उनले १५ दिनको पर्यटक भिसा लिएका छन्, तर नेपाल बसाईमा को-कोसँग भेट गर्ने भन्नेबारे केही खुलेको छैन।





























प्रतिक्रिया