चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान उडे

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान उडे

केन्द्रबिन्दु
0
Shares

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान गरेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् । गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चाटर्ड गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन् । 

पर्यटक भिषामा नेपाल आएका ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन् । नेपाल बसाइका क्रममा भक्तपुर दरबार स्क्वायर र स्वयम्भूको भ्रमण गरेका उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।

Logo