मनाङ एयरको हेलिकाेप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने

मनाङ एयरको हेलिकाेप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने

केन्द्रबिन्दु
0
Shares

६ जनाको ज्यान जानेगरी मंगलबार भएको मनाङ एयरको हेलिकाेप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको छ । 

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकाेप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त हेलिकाेप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने संस्कृति संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले जानकारी दिए । 

मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हेलिकाेप्टर दुर्घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने बताएका हुन् । उनका अनुसार मंगलबार वा बुधबारसम्ममा छानबिन समिति गठन गरिनेछ । 

सो हेलिकाेप्टर दुर्घटना हुँदा पाँचजना मेक्सिकन नागरिकको मृत्यु भएको छ भने एकजना नेपाली क्याप्टेन चेत गुरुङको निधन भएको छ । 

Skip This
Skip This
Logo