लम्पी स्किन रोगको प्रकोपले देशको ७६ वटा जिल्लालाई आफ्नो प्रभावमा लपेटेको छ । मनाङ बाहेक हरेक जिल्लाको घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको छ । पशु सेवा विभागकाअनुसार बुधबार अपरान्हसम्म यो रोगका कारण देशभर २८ हजार बढी चौपायाको मृत्यु भएको छ ।
पशुसेवा विभागकाअनुसार अहिले रोगको प्रकोप देखिएको स्थानमापशु चिकित्सक सहितको टोली परिचालन गरिएको छ । रोग प्रभावित गाईवस्तु लगायतका चौपायालाई खोप लगाउने काम पनि भइरहेको छ ।
पशु सेवा विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले प्रभावित चौपायामा खोपको कमी हुन नदिन विभाग सतर्क रहेको बताइन् । उनले भनिन्,‘पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको र सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरुसँग समन्वय र्न सातै प्रदेशमा टोली परिचालन गरिएको र स्थलगत अनुगमनसहित उपचार, प्राविधिक सल्लाहदिने काम भइरहेको छ ।’
विभागकाअनुसार यस बर्ष यो रोग देखापरेबाट हालसम्म ७ लाख ८२ हजार १ सय २४ पशु संक्रमित भएको, हाल २ लाख ३२ हजार ३ सय ९ चौपाया संक्रमित अवस्थामा रहेको खोप लगाइएको चौपायाको संख्या २ लाख ५० हजार ७ सय ६६ चौपायालाई खोप लगाइएको छ ।
महानिर्देशक काफ्लेले भनिन्, ‘लम्पी स्किन रोगको निदानकालागि सबै स्थानीयतहका सरोकारावालाहरुबाट सक्रिय सहयोग, समन्वयतथा सहकार्य आवश्यक रहेको छ । ’
यता काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई वडामा पनिपनि यस रोगको प्रकोप बढ्दा किसानहरु चिन्तित बनेका छन् ।
देशभर नै लम्पी स्किन रोग नियन्त्रणबाहिर पुग्दा पनि सबै जिल्लामा हालसम्म खोपको उपलब्ध हुन सकेको छैन । लम्पीस्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैंसी बढी प्रभावितभएका छन् । पनौतीका दुई वडामा हालसम्म ११ वटा गाईहरु मरेका छन् ।
नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भएपनि नियन्त्रण हुन नसकेको पनौती नगरपालिका पशु सेवाशाखाका कर्मचारी लक्षमण सापकोटाले जानकारी दिए।
उनले भने, ‘कति वडाहरुको भ्याक्सिन अभियान सुरु भएको छ । वडाका अधिकांश गाईहरुलाइ यो रोग लागेको छ । र अहिले भ्याक्सिन लगाउने अवस्था छैन । हामी सबैगोठमा छिरेर अनुगमनगरिरहेका छौं । दुधहरु उमालेर खाने सकेसम्म नखाँदा नै राम्रो । भ्याक्सिनले तापक्रम बढ्छ त्यसैले संक्रमण भएका पशुहरुलाई नदिएको हो । ब्याउने गाईलाई भ्याक्सिन दिए बच्चा फाल्नसक्छ । कति किसानहरुमा जनचेतना नै छैन म-र्यो भने पुरिदिन्छु भन्ने मानसिकता छ । ’
यो रोग नियन्त्रणका लागि सरकारी बाहेकका अन्य दक्ष जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा उनको भनाइ छ । उनले भने, ‘हामीले सके सम्म नियन्त्रण गर्ने पहल गरिरहेका छौं । रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन्, अन्य जनशक्तिपनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ ।’
पशु चौपायामा ज्वरो आउने, सिङ्गान तथा र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् । त्यसले गर्दा पशु चौपायाले दुध नदिने जस्तो लक्षणहरु देखिन थाल्छ ।
यो रोग झिङ्गा, मच्छड र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपील गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ ।





























प्रतिक्रिया