अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका राजु मास्टर, बल्छी धुर्वे सहितका कलाकार धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका राजु मास्टर भन्ने राजु पौडेल, बल्छी धुर्बे भन्ने मरिचमान श्रेष्ठ, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा(जिडी), बेगम नेपाली (भटभटे माइला), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा (म्याकुरी)लाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे ।
युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गर्दा ४० लाखसम्म लिएको पाइएपछि उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग लागेकाे थियाे, जसमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदावीसहित मुद्धा दर्ता भएकाे थियाे । तर,अदालतले धरौटीमा छाड्न आदेश दिएको हाे ।
त्यस्तै, कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई भने क्रमशः १० लाख र ५ लाख माग गरिएकाे छ । उनीहरुलाई सट्टेबाजी गराएको आरोपमा प्रमुख अभियुक्तको रूपमा पेश गरिएको थियाे ।































प्रतिक्रिया