देभभरी फैलियो ‘लम्पी स्किन’

देभभरी फैलियो ‘लम्पी स्किन’

केन्द्रबिन्दु
0
Shares

पशु चौपायामा लाग्ने लम्पी स्किन रोग मुलुकभरी नै फैलिएको छ। २०७७ साल साउन २२ गते मोरङको सुन्दर हरैंचान गरपालिकामा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो। तर, अहिलेसम्म देशका७६ जिल्लामालाग्ने लम्पी स्किन रोग फैलिएको पशुसेवा विभागले जनाएको हो।
 
लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट पशु चौपायामा लाग्ने यो रोगका कारण गाईभैसीका खुट्टा सुनिने, जीउ भरी फोका आउने, कानमा गिर्खा देखिने जस्ता लक्षणहरू देखिने गरेका छन्। पशुसेवा विभागको एक तथ्याङ्क अनुसार असार २५ सम्म ७ लाख ६४ हजार बढि चौपायामा रोग देखा परेको छ। झण्डै पाँच लाख निको भए पनि २७ हजार मरेका छन् भने साढे दुई लाखमा अझै रोग सक्रिय रूपमा रहेको जनाएको छ।

लम्पी स्किनको निदानका लागि १० लाख ३७ हजार डोज खोप आयात भएको जनाउँदै विभागले २ लाख २२ हजार खोप लगाइएको पशु सेवा विभागले जनाएको छ।तर,किशासनहरू भने रोग नियन्त्रणमा आउन नसकेको भन्दै आन्दोलित भएका छन्। 

समयमा पशुचौपायालाई खोपको व्यवस्था गर्नका साथै त्यसबाट प्रभावित किसानलाई उचित रोहतको व्यवस्था हुनुपर्ने माग अघि सारेका छन्। राष्ट्रिय किसान सञ्जालको अगुवाइमा ललितपुर हरिहर भवनस्थित विभाग परिसरमा बुधबार १ घण्टा धर्ना दिएका छन्। आफ्ना मागहरूको सुनुवाइ नभए आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन्।  

Logo