शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाल असुरक्षित रहेको आशंका

शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाल असुरक्षित रहेको आशंका

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाललाई मनोवैज्ञानिक तनाव र असुरक्षा बढ्दै गएको भुटानका राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले जनाएको छ । 

अभियानका संयोजक राम कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका रिजाललाई बयान फेर्न टोपबहादुर रायमाझी, इन्द्रजित राईसहितले दवाव दिएको आरोप लगाएका छन् । त्यसले रिजालमा तनाव बढ्नुको साथै असुरक्षा उपत्न भएको दाबी गरिएको छ । 

रिजालले अदालती बयानमा नाम लिएका कुनैपनि बन्दीहरूबाट टाढा चिसो नभएको छुट्टै कोठामा राख्न कार्कीले नेपाल सरकारसँग माग गरेका छन् । अपरिचित आगन्तुकलाई भेट्नअनुमति दिनुअघि रिजालसँग परामर्श लिन सुझाउँदै विज्ञप्तिमा भनिएको छ,‘रिजाललाई जेलमा उचित सुरक्षा उपायहरू प्रदान गरियोस् ।’

कोठा न्यानो राख्न पर्याप्त सुत्नेसामग्री उपलब्ध गराउन माग गर्दै रिजालको नाजुक स्वास्थ्य र बुढेसकालका कारण प्राथमिकताका आधारमा आवधिक रूपमा उचित चिकित्सा जाँचको व्यवस्था मिलाउन पनि भनिएको छ । 

नक्कली भुटानी शरणर्थी प्रकरणमा रिजाल, एमाले सचिव तथा पूर्व उपप्रधनमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितकाहरू अहिले केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।

Logo