सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

बिहीवार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घण्टाभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउतसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । 

राउतकी श्रीमती उषा कार्की राउतले रिहाईको माग गर्दै बुधबार बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । उक्त निवेदनको सुनुवाइ गर्दै पक्राउ गर्नुको कारणसहित राउतलाई अदालतमा उपस्थित गराउन भनिएकाे हाे । ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू,’ आदेशमा भनिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत आइतबार सचिव राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । तत्कालीन शाखा अधिकृत रहेका राउतमाथि सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गराउन सघाएको आरोप छ ।

हेर्नुहाेस्, आदेशपत्र-

Logo