सुकुम्बासी पहिचानमा भएका त्रुटी सच्याउँछौँः सचिव रेग्मी

सुकुम्बासी पहिचानमा भएका त्रुटी सच्याउँछौँः सचिव रेग्मी

केन्द्रबिन्दु
0
Shares

भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दमोदर रेग्मीले सरकार सुकुम्बासी पहिचानमा भएको कमी कमजोरी सुधारेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

बिहीवार सिंहदरवारमा आयोजित भुमि व्यवस्थापन सम्बन्धि वर्तमान समस्या तथा समाधान लगायतका विविध विषयबारेको छलफलमा उनले राज्य वास्तविक सुकुम्बासीको  पक्षमा उभिनु पर्ने भन्दै त्यसको लागि आवश्यका प्रयास भइरहेको बताएका हुन् । 

उनले भने, ‘राज्य वास्तविक सुकुम्बासीको पक्षमा उभिनु पर्छ त्यो एकदम राम्रो कुरा हो । त्यसमा भएको हाम्रो कमी कमजोरी हामी सुधार्छौ । सुकुम्बासीको पहिचानको लागि जग्गा विवरणको मापदण्ड छ हामीसंग । आज उठेको गरिबी, भूमि र सुकुम्बासीको कुराहरुकोे सबै डकुमेन्ट तयार छ ।’

सहकारी व्यवस्थापनको लागि गठन गरेको समितीले राम्रो काम गरिरहेको र आएको सुझावहरुलाई नीतिगत रुपमा अगाडी बढ्ने उनको भनाई छ । उनले जग्गा संरक्षण सबैको काम हो भन्दै मालपोत र मन्त्रालयले मात्र गर्न नसक्ने बताए ।  

Logo