संसारको यस्तो सुन्दर गाउँ जहाँ कहिल्यै वर्षा हुँदैन

संसारको यस्तो सुन्दर गाउँ जहाँ कहिल्यै वर्षा हुँदैन

केन्द्रबिन्दु
0
Shares

वर्षाको मौसम छ । देशका अधिकांश स्थानहरू भारी वर्षा र बाढीको चपेटामा परेका छन् । लगातार आकाशबाट पानी परेपछि सर्वसाधारण सास्तीमा छन् । यति मात्र होइन, विश्वभर यस्ता धेरै ठाउँहरू छन्, जहाँ वर्षामा मात्र होइन सधैँ पानी पर्छ । उदाहरणको रुपमा नेपालमा कास्कीको लुम्ले र विश्वभरमा मेघालय राज्यको मासिनराम गाउँलाई लिन सकिन्छ । तर के तपाईंले कहिल्यै पानी नपर्ने ठाउँको बारेमा सुन्नु भएको छ ? अचम्मको कुरा त के छ भने उक्त ठाउँमा खडेरी पर्दैन । आउनुहोस् जानौं यो अनौठो गाउँ कहाँ छ ?

यमन देशको राजधानी सानामा अवस्थित अल–हुतेब नामको गाउँ संसारको यस्तो गाउँ हो जहाँ कहिलै वर्षा हुँदैन । यद्यपि यो गाउँ निकै सुन्दर छ । यस गाउँमा निकै सुन्दर घर निर्माण भएका छन्, जसलाई देखेर सबै मन्त्रमुग्ध हुन्छन् ।

अल–हुतेब गाउँ पृथ्वीको सतहबाट ३,२०० मिटरको उचाइमा अवस्थित छ । यहाँको हावापानी सधैं न्यानो रहन्छ । हिउँदका दिनमा बिहानै चिसो हुने र घाम लागेपछि यहाँको वातावरण न्यानो हुने गर्दछ । यहाँ प्राचीन र आधुनिक वास्तुकलाको संगम देखिन्छ । यो ठाउँ अल–बोहरा वा अल–मुकर्मा गाउँको रूपमा पनि चिनिन्छ । यमन समुदायका मानिसहरूले आफ्नो बसोबासका लागि यो ठाउँ रोजेका थिए । यी मानिसहरू मोहम्मद बुरहानुद्दीनको नेतृत्वमा रहेको इस्माइली (मुस्लिम) समुदायका थिए । उनी मुम्बईमा बस्दै आएका थिए, उनको सन् २०१४ मा मृत्यु भएको थियो । मोहम्मद बुरहानुद्दिन हरेक ३ वर्षमा यो गाउँमा आउने गर्दथे ।

किन हुँदैन वर्षा ?
यहाँ वर्षा नहुनुको मुख्य कारण हो, यो स्थान बादल माथि हुनु । यस गाउँको मुनि बादल बनेर पानी पर्छ । यस्तोे मनमोहक दृश्यको कल्पना तपाईंहरुले सायदै गर्नुभएको होला ।

Logo