देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र हाेः महाविर पुन

देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र हाेः महाविर पुन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र भएको बताएका छन् । 

भीमसेन थापाको २४९औं जन्मजयन्तीको अवसरमा आयोजित सम्मान एवं पुरस्कार समर्पण समारोहमा उनले देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र भएको भन्दै अर्थतन्त्र बलियो भयो भने कुनै देशले पनि हेप्न नसक्ने बताएका हुन् ।  

उनले भने, ‘क्रान्ति किन हुन्छ भने, यो अर्थतन्त्र विग्रियो भने सबै कुरा हुँदै जान्छ । मान्छे बौलाउने कारण त्यही हो, त्यसकारण देशको अस्तित्व राख्नको लागि अर्थतन्त्र बलियो बनाउनुपर्छ र अर्थतन्त्र बलियो बनाउँनको लागि अनुसन्धान, नवप्रवद्र्धन र आविष्कार हतियार हो । तर देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र हो, अर्थतन्त्र बलियो भयो भने कसैले हेप्न सक्दैन ।’

यस्तै, अध्यक्ष पुनले देश विकासको लागि देशको प्रतिभाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने र पलायन भईसकेकाहरुलाई पनि फर्काउनु पर्ने बताए । देशको अर्थतन्त्र बलियो बनाउने र प्रतिभा भएकाहरुलाई देशमा राख्ने वातावरण बनाउने कानून आवश्यक भएको उनको भनाई छ । 

उनले भने, ‘देशको प्रतिभाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्छ, पलायन भईसकेकाहरुलाई पनि फर्काएर ल्याउनु पर्छ । जब देशको अर्थतन्त्र बलियो हुन्छ, उनीहरु जादैँनन्, यो विषयमा सम्झौता पनि भएको छ । यसमा एउटा समस्या कानूनमा देखिएको छ, कानून राम्रो बनेको छैन् । किन भने प्रतिभा भएकाहरुलाई राख्ने वातावरण बनाउँनु पर्छ । उनिहरुलाई नेपालमै बस्न मन लाग्ने बनाउँनु पर्यो । तर अहिले तर्साउने र पेल्ने किसिमको कानून बनेको छ ।’

Skip This
Skip This
Logo