जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पन्डितको इजलासले अभद्र व्यवहारको कसूरमा गुरुङलाई १० हजार धरौटीमा छाड्न आदेश गरेको हो ।
ठमेलस्थित क्लब ओम्नियामा गएर सञ्चालक गुरुङसहित अरु कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेका थिए । तर, अदालतले छाड्न आदेश दिए पनि उनले पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएकाले कारागार पठाइएको छ ।
उनका समूहका अरु ६ जनालाई भने मंगलबार नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ८ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।































प्रतिक्रिया