सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईले सर्वोच्च अदालतमा धेरै चुनौतीहरु रहेको बताएका छन्।
आज काठमाडौँमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस प्रथम स्ववियु अभ्यास अदालत प्रतियोगिता २०८० फाईनल प्रतिष्पर्धा कार्यक्रममा न्यायाधीश एक जनालाई मात्र अन्याय भयो भने पनि पोल्ने बताएका छन्।
उनले भने,‘सर्वोच्च अदालतमा धेरै चुनौती छ। तपाईंको आफ्नो कम्पिटेन्स हैन कि तपाईंले दिएको फैसला अन्तिम हुन्छ कदम कदाचित अन्याय पर्याे
भने पोल्छ।एक जनालाई मात्र पनि अन्याय भयो भने धेरै नरमाईलो हुन्छ। व्यक्तिगत रुपमा नै हामीलाई नरमाईलो लाग्छ । यो चुनौतीपुर्ण छ र तपाईंले प्रतिष्पर्धा गर्ने कुरामा पनि चुनौती छ।’
न्यायाधीश भट्टराईले आफूहरुले १० वर्षमा धेरै मुद्दा फछर्यौट गरेको बताए। परेको मुद्दा भन्दा करिव १९ सय बढी मुद्दा छिनेको उनको भनाइ रहेकाे थियो।





























प्रतिक्रिया